Section 35
निर्वाचनमा प्रतिकूल असर पर्ने अन्य कार्य गर्न नहुने
(१) कसैले पनि यस ऐनमा अन्यत्र उल्लिखित कार्यका अतिरिक्त निर्वाचन सम्बन्धी कार्यमा प्रतिकूल असर पर्ने अन्य कुनै किसिमको कार्य गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्तालेपच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।